पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा सैन्य संघर्ष चर्किदै
- काठमाडौंपाकिस्तानी र अफगानिस्तानको सीमा क्षेत्रमा दुई देशका सेनाबीच द्धन्द्ध चर्किएको छ ।
सीमा क्षेत्रमा पछिल्लो पटक गरिएको कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको तालिबान सरकारले दावी गरेको छ ।
पाकिस्तानको तर्फबाट काबुलमा भएको हवाई आक्रमणको जवाफमा यो कारबाही गरिएको तालिबानी अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अफगानी सेनातर्फ भने २० सैनिक मारिएको बताइएको छ । तालिबानले गरेको दावीबारे पाकिस्तानले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
यसअघि तालिबानले कुनार र हेलमन्ड प्रान्तका कैयौं सीमा विन्दुमा आक्रमण गरिएको र तीन पाकिस्तानी सैनिकलाई नियन्त्रण लिएको विवरण सार्वजनिक गरेको थियो ।
उता, पाकिस्तानी अधिकारीले भने अफगानिस्तानका १९ वटा बोर्डर पोस्ट नियन्त्रणमा लिएको बताएका छन् । अफगानिस्तान र पाकिस्तानबीचको तनावपछि इरान, कतार, साउदी अरेबियाले चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि कूटनीतिक संवादलाई अघि बढाउन आग्रह गरेका छन् ।