बंगलादेशमा आगलागी हुँदा १६ जनाको मृत्यु
- काठमाडौंबंगलादेशको राजधानी ढाकास्थित एक कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।
अन्य धेरै घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । मृतकको संख्या बढ्ने अनुमान गरिएको समाचारमा उल्लेख छ । ढाकाको उत्तरी क्षेत्र मिरपुरमा रहेको कारखानाबाट आगलागी सुरु भएर नजिकैको रासायनिक गोदाममा फैलिएको बताइएको छ ।
यसअघि बंगलादेशमा सन् २०१२ मा ढाकामा स्थित कपडा उत्पादन गर्ने कारखानामा आगलागी हुँदा कम्तिमा १ सय ११ जना कामदारको मृत्यु भएको थियो भने २ सय भन्दा बढी घाइते भएका थिए ।