अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

- एजेन्सीकाठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनयुद्ध अन्त्यका लागि वार्ता गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हंगेरीमा भेट्ने बताउनुभएको छ । राष्ट्रपति पुटिनसँग टेलिफोन संवाद गर्दै राष्ट्रपति ट्रम्पले वार्ता फलदायी भएको भन्दै हंगेरीमा आमनेसामने संवाद गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । 

यसअघि, राष्ट्रपति ट्रम्पले मध्य अगस्टमा भएको टेलिफोन संवाद समेत प्रभावकारी भएको टिप्पण्ी गर्नुभएको थियो । अर्को हप्ता वासिंगटन र मस्कोबीच वार्ता हुने समेत समाचारमा उल्लेख छ । 

राष्ट्रपति ट्रम्पले बुडापेस्टमा भेट्ने बताएपनि मिति भने उल्लेख गर्नुभएको छैन । सामाजिक सञ्जाल ट्रुथमा लेख्दै राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध समाप्त भए रुससँग व्यापार वार्ता गरिने समेत उल्लेख गर्नुभयो ।