अन्तर्राष्ट्रिय

जापानको पहिलो महिला प्रधानमन्त्रीमा सनेइ ताकाइची निर्वाचित

- एजेन्सीकाठमाडौं

जापानको पहिलो महिला प्रधानमन्त्रीमा सनेइ ताकाइची निर्वाचित हुनु भएको छ । ६४ वर्षीया सनेइले ऐतिहासिक मत प्राप्त गर्दै प्रधानमन्त्रीमा निर्वाचीत हुनु भएको बीबीसीले जनाएको छ । बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरकी प्रंशसक सनेइ आइरन लेडी रुपमा परिचित हुनुहुन्छ । 

लिबरल डेमोक्रेटिक पार्टी एलडीपिबाट पछिल्लो पाँच वर्षमा चौथौ पटक नयाँ प्रधानमन्त्रीका रुपमा सनेइ निर्वाचित हुनु भएको हो । एलडिपीले पछिल्ला वर्षहरुमा घोटालाको आरोप खेप्दै आएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सनेइलाई सम्मानीय व्यक्ति भनेर प्रशंसा गर्नुभएको छ । जापानमा सुस्त अर्थतन्त्र सुधार गर्ने, विभाजित सत्तारुढ दललाई एकताबद्ध गर्ने चुनौती सनेइ समक्ष रहेको समाचारमा उल्लेख छ ।