अन्तर्राष्ट्रिय

अमेरिकामा हत्या आरोपीलाई ३० बर्षपछि मृत्यु दण्ड

- एजेन्सीकाठमाडौं

अमेरिकामा एकै परिवारका चार जनाको हत्या आरोपीलाई ३० बर्षपछि मृत्यु दण्ड दिइएको छ ।

एरिजोना राज्यको फोनेक्स सहरमा सन् १९९३ सेप्टेम्बर १४ मा एकै परिवारका चार जनाको हत्या आरोपमा ५५ बर्षीय रिचर्ड केनेथ जर्फलाई अक्टोबर १७, २०२५ मा मृत्यु दण्ड दिइएको हो ।

रिचर्डले अल्बर्ट लुना सिनियर र पेट्रिसिया लुना, उनीहरुका १८ वर्षीया छोरी रशेल लुना र ५ वर्षीय छोरा डेमियन लुनाको उनीहरुको घरमा निर्ममतापूर्वक हत्या गरेका थिए । उनलाई घातक इन्जेक्सन (लिथल)द्वारा मृत्युदण्ड दिइएको अमेरिकी समाचार संस्था एपीले उल्लेख गरेको छ ।

घटनापछि पक्राउ परेका रिचर्डले आफुमाथिको आरोप नस्वीकार्दा मुद्दा ३० वर्षसम्म लम्बिएको थियो । उनले आरोप स्वीकारेसँगै प्रमाणका आधारमा अदालतले मृत्यु दण्डको सजाय दिएको हो ।

रिचर्डले अदालतमा मुद्दाको बयानका क्रममा अल्बर्ट लुना जुनियरलाई आफ्नो अपार्टमेन्टबाट इलेक्ट्रोनिक्स र बन्दुक चोरी गरेको भन्दै बदला लिन खोजेको बताएका थिए ।

बदला भावका कारण उनले चारै जनाको हत्या गर्ने मनशायले लुना परिवारको घरमा फूल वितरण गर्ने बहाना बनाएर प्रवेश गरेकै दिन सन् १९९३ सेप्टेबर १४ मा चारै जनाको हत्या गरेको एपीले उल्लेख गरेको छ ।