अन्तर्राष्ट्रिय

हैटीमा मेलिसा नामक आँधीमा कम्तीमा २५ जनाको मृत्यु

- एजेन्सीकाठमाडौं

क्यारिबियन मुलुक हैटीमा आएको मेलिसा नामक आँधीमा परि कम्तीमा २५ जनाको मृत्यु भएको छ । आँधीले जमैका, क्युबाको दोस्रो ठूलो सहरपछि हैटीमा विनाश निम्त्याएको हो । आँधीका कारण १२ जना बेपत्ता रहेको हैटीको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ । 

आँधीका कारण जमैकामा ४ जनाको मृत्यु भएको छ ।समाचार संस्था रोयटर्सकाअनुसार मेलिसा आँधीको श्रेणी १ मा पर्दछ । । जुन बहामास द्वीपबाट उत्तर–पूर्वमा सरिरहेको छ । आँधीको कारण क्युबामा ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।