दक्षिण कोरियाद्वारा रक्षा बजेटमा व्यापक वृद्धि गर्ने योजना सार्वजनिक
- काठमाडौंदक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । राष्ट्रपति लीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
संसदमा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा उहाँले राष्ट्रलाई एआई युगको नेतृत्व गर्ने दिशातर्फ निर्णायक रूपमा अघि बढ्ने घोषणा गर्नुभयो । राष्ट्रपति लीले करिब सात अर्ब अमेरिकी डलरको लगानीद्वारा दक्षिण कोरियालाई अमेरिका र चीनसँगै विश्वका शीर्ष तीन एआई शक्तिहरूमध्ये एक बनाउने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति लीको डेमोक्रेटिक पार्टीले संसदमा बहुमत राखेकाले बजेट पारित हुने आंकलन गरिएको छ ।