बिहारमा भोलिबाट विधानसभा निर्वाचन सुरु हुँदै
- काठमाडौंभारतको बिहारमा भोलिबाट विधानसभा निर्वाचन सुरु हुँदैछ । दुई चरणमा हुने निर्वाचनको पहिलो भोलि र दोश्रो चरण ११ नोभेम्बरमा निर्वाचन हुने त्यहाँको चुनाव आयोगलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चुनावमा सहभागी दलहरूले रोजगारी र सुशासनलाई मुख्य मुद्दा बनाएको समाचारमा उल्लेख छ ।
२ सय ४३ सिटका लागि मतदान हुन लागेको हो । बिहारमा नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) र महागठबन्धनबीच प्रतिस्पर्धा हुने बताइएको छ । मतदानको समय बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ ।
चुनावी मैदानमा उत्रिएका भारतीय जनता पार्टी (भाजपा), जनता दल युनाइटेड (जदयू), लोकशक्ति पार्टी, हिन्दुस्तान अवाम मोर्चा र राष्ट्रिय लोकमोर्चा सम्मिलित नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) ले आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।