अन्तर्राष्ट्रिय

अफगानिस्तानमा अफिम उत्पादन २० प्रतिशतले घट्यो

- केएफएम डेस्क काठमाडौं

अफगानिस्तानमा व्यापक रुपमा हुने लागूऔषध अफिमको उत्पादन यो वर्ष २० प्रतिशतले घटेको पाइएको छ ।

 संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले उत्पादन घटेको देखाएको हो । राष्ट्रसंघको लागूऔषध तथा अपराध कार्यालयका अनुसार यस वर्ष अफिम हुने जमिनको क्षेत्रफल १२ हजार ८ सयबाट घटेर १० हजार २ सय हेक्टरमा झरेको छ ।

 सन् २०२१ मा सत्तामा फर्केको तालिबानले त्यसको एक वर्षपछि देशभर अफिमको खेतीलाई गैरकानूनी घोषणा गरेको थियो । सो संगै यसको उत्पादनमा कमी आएको अलजजिराले जनाएको छ । तालिबान सरकारले गैरकानूनी घोषणा गर्नु पूर्व अफागानीस्तानमा २ लाख ३२ हजार हेक्टर क्षेत्रफलमा अफिमको खेति हुने गरेकोमा अहिले व्यापक रुपमा घटेको समाचारमा जनाइएको छ । 

गैरकानूनी घोषणा गर्नुपूर्वका वर्षहरुमा अफगानीस्तानले विश्वव्यापी रुपमा हुने मागको झण्डै ७४ प्रतिशत आपूर्ति गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।