अन्तर्राष्ट्रिय

विश्वको नेताद्वारा राष्ट्रपति ट्रम्पको आलोचना

- एजेन्सीकाठमाडौं

विश्वका नेताहरुले जल वायुका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् ।

विश्व व्यापी कोप ३० शिखर सम्मेलन अगाडि उनीहरुले ट्रम्पको अभिव्यक्तिलाई लिएर आलोचना गरेका हुन् ।

अमेजनको बेलेम शहरमा भएको बैठकमा भाग नलिएका राष्ट्रपति ट्रम्पलाई कोलम्बिया र चिलीका नेताहरूले जलवायु विज्ञानलाई अस्वीकार गरेकोमा आक्रोश व्यक्त गरेका हुन् ।

बेलायतका प्रधानमन्त्री सर केयर स्टामरले जलवायु परिवर्तनमा घट्दो राजनीतिक समर्थनलाई लिएर चिन्ता व्यक्त गर्नु भयो ।

विश्वका ठूला राष्ट्रहरू – भारत, रूस, अमेरिका र चीन – का धेरै नेताहरू यस वर्षको शिखर सम्मेलनमा उल्लेखनीय रूपमा अनुपस्थित भएका छन् ।

गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघमा ट्रम्पले जलवायु परिवर्तनका नाममा “विश्वमा सबैभन्दा ठूलो ठगी भएको टिप्पणी गर्नु भएको थियो ।