प्राविधिक समस्यापछि दिल्ली विमानस्थलमा २ सय बढी उडान प्रभावित
- काठमाडौंभारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या आएका कारण २ सय भन्दा बढी उडान प्रभावित भएका छन् ।
संसारकै व्यस्त मध्येको एक विमानस्थलका रुपमा परिचित सो विमानस्थलमा समस्या आएपछि उडान प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
एयर ट्राफिक कन्ट्रोलको प्रणालीमा देखिएको समस्याका कारण उडान आधा घण्टासम्म ढिला भएको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै रोर्यटर्सले जनाएको छ । हिजो साँझ देखि देखिएको प्राविधिक समस्याका कारण तोकिएको समयमा उडान नहुने भन्दै कतिपय सेवा प्रदायकले भने यात्रुहरुलाई जनाकारी गराएका छन् ।
यसैबीच, विमानस्थलमा देखिएको समस्याका कारण इण्डिगो लगायत विभिन्न हवाइ सेवा प्रदायकको सेयर बजार समेत घटेको छ । सो विमानस्थलमा देखिएको प्राविधिक समस्या युरोपका प्रमुख विमानस्थलमा केही महिना अघि देखा परेको समस्यासंग मिल्दो रहेको पाइएको समाचारमा उल्लेख छ ।