फेडएक्स र यूपीएसले अस्थायी रुपमा केहि कार्गो विमान वन्द गर्ने
- काठमाडौंविश्व बजारमा सामान आपूर्तीको क्षेत्रमा काम गर्दै आएका फेडएक्स र यूपीएस दुई कम्पनीले तत्तकालका लागि आफ्नो कार्गो विमानको उडानमा स्थगित गरेको छ ।
अमेरिकाको केन्टकी राज्यमा केहिदिन भएको आगलागीका कारण क्षति ब्यहोर्नुपरेको जनाउँदै ती कम्पनीहरुले तत्कालका लागि केहि विमान चालाउन रोकिएको जनाएका हुन् । गत मंगलबार लुइसविल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आगालागीमा १४ जनाको मृत्यु भएको थियो ।
विमानस्थलबाट उडान भरेलगत्तै सो विमान दुर्घटनामा परेको समाचारमा जनाइएको छ । विमान निर्माता कम्पनी बोइङ्ले आफ्नो एमडी ११ मोडलका विमान तत्काल नचालउन सल्लाह दिएपछि सोहि अनुसार विमान प्रयोगमा रोक लगाइएको कार्गो कम्पनी यूपीएसले जनाएको छ ।
अर्को कार्गो कम्पनी फेडएक्सले पनि बोइङको सो निर्देशनलाई पालना गर्ने जनाएको छ । यद्यपि विमान दुर्घटनाहुको कारण बारे भने अहिलेसम्म ठोस जानकारी आउन सकेको छैन ।