हमासद्वारा १५ बन्धकको शव इजरायललाई फिर्ता
- काठमाडौंप्यालेस्टिनी बिद्रोही समूह हमासले बन्धक बनाएका थप १५ जनाको शव इजरायललाई हस्तान्तरण गरेको छ ।
युद्धग्रस्त गाजा क्षेत्रको स्वास्थ्य सम्बन्धी अधिकारीहरुले पछिल्लोपटक १५ जनाकोे शव लिइएको पुष्टि गरेका हुन् । यो सँगै हालसम्म हमासले बन्धक बनाएका ३ सय १५ जनाको शव हस्तान्तरण गरेको गाजाका सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हमासले बन्धक बनाएका १५ जनाको शव आज रेडक्रसको सहयतामा हस्तान्तरण गरिएको हो ।
२ वर्ष बढी समयदेखि जारी रहेको युद्ध अन्त्यका लागि अघिल्लो महिना अमेरिकाको मध्यस्थतामा युद्धविराम गर्ने सम्झौता भएपनि बेलाबेला दुवै तर्फबाट आक्रमणका घटना हुने गरेका छन् । सन् २०२३ अक्टोबरबाट सुरु भएको युद्धका कारण हालसम्म दुबै तर्फ गरि ६९ हजार बढीको मृत्यु भइसकेको छ ।