अन्तर्राष्ट्रिय

वायु प्रदूषणको दर बढेपछि भारतमा सर्वसाधारणको प्रदर्शन

- केएफएम डेस्क काठमाडौं

वायु प्रदूषणको दर बढेपछि भारतमा सर्वसाधारणले प्रदर्शन गर्न शुरु गरेका छन् ।

 राजधानी नयाँ दिल्लीसहितका क्षेत्रमा प्रदूषणको दर बढेपछि समस्या समाधान गर्न दबाब दिने उद्देश्यले प्रदर्शन शुरु गरेका हुन् । पछिल्लो पटक दिल्लीमा वायु प्रदूषण स्तर ३ सय ५० एक्यूआई भन्दा माथि पुगेको छ । जुन विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा धेरै हो । 

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले समेत वायुको गुणस्तर अति खराब अवस्थामा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।प्रदर्शन बढेपछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ । यसैबीच कतिपय नेताले भने शान्तिपूर्ण रुपमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै प्रश्न उठाएका छन् । 

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले सामाजिक सञ्जाल एक्समा स्वच्छ हावाको शान्तिपूर्ण माग गरिरहेका नागरिकमाथि अपराधी जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । वायु प्रदूषणका कारण करोडौं भारतीय प्रभावित भइरहेको उहाँले उल्लेख गर्नुभएको छ ।