पाकिस्तानमा सेना प्रमुखलाई थप अधिकार प्रदान, अदालतको भने कटौती
- काठमाडौंपाकिस्तानको संसदले सेना प्रमुखलाई थप अधिकार प्रदान गर्ने विधेयक पारित गरेको छ ।
संविधानको संशोधन गर्दै त्यहाँको संसदले सेना प्रमुखलाई थप अधिकार दिने र सर्वोच्च अदालतको अधिकारलाई कटौती गर्ने विधेयक अनुमोदन गरेको हो । सो कदमलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ ।
सो कदमले देशको लोकतन्त्रलाई अपूरणीय क्षति पु¥याएको टिप्पणी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सो प्रस्तावलाई संसदको तल्लो सदनले दुई तिहाइभन्दा बढी बहुमतले अनुमोदन गरेको हो । त्यसको विपक्षमा चार जना सांसदले मात्र मतदान गरेका थिए ।
माथिल्लो सदनले भने दुई दिन अघि मात्र सो विधेयक पारित गरेको थियो । राष्ट्रपतिले हस्ताक्षर गरेपछि सो संशोधन कानून बन्ने छ । सेना प्रमुख असिम मुनीर अब रक्षा प्रमुखको जिम्मेवारीमा रहनेछन् । बढुवासँगै मुनिरले सेनाको अतिरिक्त नौसेना र वायुसेनालाई कमान्डमा राख्नेछ । इता, प्रधानमन्त्री शेहबाज शरीफले भने संशोधनलाई संस्थागत सद्भाव र राष्ट्रिय एकतातर्फको कदमको रूपमा स्वागत गर्नुभयो ।