भारतको बिहारमा विधानसभा निर्वाचनको मतगणना जारी
- काठमाडौंभारतको बिहारमा सम्पन्न विधानसभा चुनावको मतगणना सुरु भएको छ । दुई चरणमा गरेर नोभेम्बर ६ र ११ तारिखमा भएको निर्वाचनको मतगणना जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जारी मतगणना अनुसार एनडीए १ सय ५० सिटमा अग्रता कायम गरेको छ भने महागठबन्धनले ८५ सिटमा अग्रता कायम गरेको छ ।
यस्तै, निर्वाचनपछि सार्बजनिक भएका एक्जिट पोलले भने भारतीय जनता पार्टी नेतृत्वको एनडीएलाई बहुतमत आउने आँकलन गरेको छ । विभिन्न सर्वेक्षणले एनडीएलाई १ सय ५४ सिट आउने दाबी गरिएको छ । गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए । सार्वजनिक भएका पछिल्ला अनुमानले यसपटक एनडीएले लगभग २९ सिट बढाउने देखाएको छ ।
एक्जिट पोलका अनुसार महागठबन्धनले २८ सिट गुमाउने अनुमान गरिएको छ । बिहार राज्यमा २४३ सिटका लागि चुनाव भएको थियो । विहारको निर्वाचनले भारतको केन्द्रिय राजनीतिलाई प्रभाव पार्ने भएकाले विधानसभाको यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।