शरणार्थीका लागि स्थायी बसोबास गर्न २० वर्ष कुर्नुपर्ने व्यवस्था गर्ने बेलायतको तयारी
- काठमाडौंबेलायतमा बस्दै आएका शरणार्थीले स्थायी बसोबासको अनुमति पाउन कम्तिमा २० वर्ष कुर्नुपर्ने भएको छ ।
बेलायतको गृहमन्त्रालयले सार्वजनिक गर्न लागेको शरणसम्बन्धी नीति अनुसार बेलायतमा बसोबास गरेको २० वर्षपछि मात्र शरणार्थीले स्थायी आवासका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागिएको हो ।
बीबीसीका अनुसार, साना डुंगा चढेर बेलायत पुग्न खोज्ने र शरणार्थीका लागि दावी गर्नेको संख्या घटाउन त्यस्तो नीति ल्याउन लागिएको हो । सो नीति अनुसार आप्रवासी शरणार्थीलाई अस्थायी रुपमा मात्र बस्न अनुमति दिने व्यवस्था गरिदैछ भने उनीहरुको अवस्थाबारे नियमित रुपमा अनुगमन गरिने भएको छ ।
बेलायतकी गृहमन्त्री सबना मोहम्मदले अवैध रुपमा हुने गरेको गैरकानूनी आप्रवासनले आफ्नो मुलुकलाई विभाजित गर्न खोजेकाले एकताबद्ध बनाउन कदम चालिएको बताउनुभएको छ । यसअघि यूरोपेली देश डेनमार्कले पनि शरणार्थी सम्बन्धी कडा नीति ल्याएको थियो ।