साउदी अरेबियामा बस दुर्घटना हुँदा ४२ भारतीय नागरिकको मृत्यु
- काठमाडौंइस्लाम धर्मावलम्वी सवार बस साउदी अरेबियामा दुर्घटना हुँदा ४२ जना भारतीय नागरिकको मृत्यु भएको छ ।
इस्लाम समुदायको मुख्य तीर्थस्थल मदिना जान लागेका भारतीय यात्री बोकेको बस डिजेल बोकेको ट्यांकरसँग ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनापछि बसमा आगो लागेको र अधिकांशको जलेर मृत्यु भएको समाचारमा जनाइएको छ ।
मृतकमध्ये सबैभन्दा बढी हैदरावादका नागरिक छन् । साउदी सरकारका अधिकारीले मृतकको पहिचान हुन बाँकी रहेको बताएका छन् । हैदरावादबाट तीर्थयात्रु गत नोभेम्वर ९ मा साउदी अरेयिबा गएका थिए । यसैबीच, भारतका विदेश मन्त्री एस जयशंकरले घटनाप्रति दुःखद व्यक्त गर्नुभएको छ ।