चीन जापानको सम्बन्धमा दरार
- काठमाडौंताइवानको विषयमा मतभिन्नता भएसंगै चीन र जापानको कुटनीतिक सम्बन्धमा दरार आएको छ ।
चीनले आफ्नो अंश मान्दै आएको ताइवान प्रति जापानका प्रधानमन्त्री सानै ताकाइचीले प्रतिक्रिया दिएसंगै दुई मुलुकबीच सम्बन्ध थप चिसिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यो संगै जापानले आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न निर्देशन दिएको छ ।
त्यस्तै, चीनमा भएका आफ्ना नागरिकलाई समेत सचेत रही भीडभाडबाट जोगिन सूचना जारी गरेको छ ।