अन्तर्राष्ट्रिय

जापानमा आगलागी हुंदा १ सय ७० भवनमा क्षति

जापानको दक्षिणी तटीय क्षेत्रमा भएको आगलागिमा १ सय ७० भवनमा क्षति पुगेको छ । आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । टोकियोबाट करिब ७ सय ७० किलोमिटर दक्षिणपश्चिममा रहेको सो क्षेत्रका १ सय ७५ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको समाचारमा उल्लेख छ । आगलागीका कारणबारे अनुसन्धान भइरहेको बताइएको छ। घरहरु भग्नावशेषमा परिणत भएको देखाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । यसैबीच, जापानी प्रधानमन्त्री सनेइ ताकाइचीले सो क्षेत्रमा सैन्य अग्नि नियन्त्रक हेलिकप्टर पठाइएको बताउनुभएको छ ।