अन्तर्राष्ट्रिय

भारतीय नेता बाबा सिद्दिकीको हत्याका आरोपित अनमोल विश्नोइ पक्राउ

- केएफएम डेस्क काठमाडौं

भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीले नेता बाबा सिद्दिकीको हत्याका आरोपित अनमोल विश्नोइलाई पक्राउ गरेको छ ।

भारतको राष्ट्रवादी कांग्रेस पार्टीका नेता सिद्दिकीको हत्याको मुख्य अभियुक्त भनिएका विश्नोइलाई अमेरिकाबाट निर्वासनमा पठाइएपछि दिल्लीमा पक्राउ गरिएको हो । अमेरिकास्थित लुइसियानाको अदालतले विश्नोइले शरणका लागि दिएको आवेदन अस्वीकार गर्दै फिर्ता पठाउने निर्णय गरेको थियो ।

यसअघि नै जेलमा रहेका लरेन्स विश्नोइका भाइ समेत रहेका अनमोल सन् २०२२ देखि फरार थिए । नेता सिद्दिकीको हत्यापछि भएको अनुसन्धानले आतङ्कवादी समूहलाई विभिन्न क्षेत्रबाट अनमोलले सहयोग गरेको पुष्टि गरेको भारतीय अधिकारीले बताएका छन् । अभिनेता सलमान खानको घर बाहिर भएको गोलीबारीको घटनामा समेत उनको संलग्नता रहेको आरोप छ ।