अमेरिकाका ५ हजार बढी स्थान डुबानको जोखिममा
- काठमाडौंकोइला, तेल र ग्यासको प्रयोगबाट हुने प्रदुषणका कारण अमेरिकामा ५ हजार बढी स्थान बाढीको जोखिममा पर्ने देखिएको छ ।
तापक्रम बढाउने प्रदूषणलाई नियन्त्रण गर्न नसके यो शताब्दीको अन्त्यसम्म समुन्द्री सतह बढेर होचो स्थान भएको क्षेत्र डुबानमा पर्ने देखिएको हालै भएको एक अध्ययनले देखाएको हो ।
सार्वजनिक अध्ययनमा सहभागी अनुसन्धानकर्ताका अनुसार ढल, फोहोर, तेल, ग्यास लगायत सामाग्री भण्डारण गर्ने, तथा उत्सर्जन गर्ने ५ हजार ५ सय स्थल पहिचान गरेर सो निष्कर्ष निकालिएको हो ।
ती मध्ये आधाभन्दा बढी स्थान अबको २५ वर्षभित्र जोखियुक्त रहेको समाचारमा जनाइएको छ । समुद्री सतह बढ्दो क्रममा रहेकाले तटिय क्षेत्रका बस्ती डुबानको जोखिममा पर्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।