बंगलादेशमा हसिना नेतृत्वको अवामी लिगको देशव्यापी प्रदर्शन
- काठमाडौंबंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले देशव्यापी विरोध प्रदर्शन सुरु गरेको छ । गत हप्ता हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाईएपछि अवामी लिग विरोधमा उत्रिएको हो ।
अवामी लिगले सो फैसलालाई अन्यायपूर्ण र राजनीतिक रुपमा प्रेरित भन्दै आपत्ति जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बंगलादेशमा देशव्यापी प्रदर्शन पछि राजनीतिक संकट उत्पन्न भएको विश्लेषण गरिएको छ ।
गत नोभेम्बर १७ मा अदालतको फैसला घोषणा भएदेखि अवामी लिगले अन्तरिम सरकारको राजीनामा र सजाय उल्टाउन माग गर्दै सडक प्रदर्शन जारी राखेको छ । विरोध प्रदर्शनले राजधानी ढाका लगायत प्रमुख शहरमा यातायात सेवा र व्यवसाय बन्द रहेको समाचारमा उल्लेख छ ।