हङकङको अपार्टमेन्ट भवनहरुमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु
काठमाडौँ । हङकङको ताइ पो जिल्लाको अपार्टमेन्ट भवनहरुमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । उक्त घटनामा परि ४५ जनाको अवस्था गम्भीर छ । २ सय ७९ बेपत्ता भएको अधिकारीहरुले बताएका छन् ।
आगो नियन्त्रण गर्न ८ सय भन्दा बढी अग्नि नियन्त्रक परिचालन गरेको बीबीसीले जनाएको छ । आगलागी ४ देखि ८ वटा भवनमा नियन्त्रणमा आउन थालेको बताइएको छ ।आगो निभाउने प्रयास जारी छ । प्रहरीले निर्माण कम्पनीको लार्पावाहीका कारण आगलागी भएको भन्दै तीन जना प्रतिनीधिलाई पक्राउ गरेको छ । प्रहरीले मानिसहरूको मृत्युको लागि उनीहरू जिम्मेवार ठानेको हो । उनीहरूमाथि बाँस र पोलिस्टर फोम जस्ता सस्तो, अत्यधिक ज्वलनशील पदार्थहरू प्रयोग गरेको आरोप लागेको छ । जसले गर्दा आगो धेरै छिटो फैलिएको थियो । सो आगलागी हङकङमा सबैभन्दा गम्भीर पाचौँ तहको रुपमा वर्गीकृत गरिएको छ ।