शेख हसिनालाई अर्को मुद्दमा फेरि २१ वर्ष जेल सजाय
- काठमाडौंकेहिदिन अघि मृत्युदण्डको सजाय हुने फैसला सुनाइएकी बंगालदेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फेरि अर्को एक मुद्दामा २१ वर्षको जेल साजय सुनाइएको छ ।
सरकारी परियोजनामा जनामा जग्गा बाँडफाँड गरि आफू र परिवारको नाममा जग्गा छुट्याएको सन्दर्भमा हसिनालाई अदालतले दोषी ठहर गर्दै सो सजाय हुने फैसला सुनाइएको छ । मानवता विरुद्धको अपराध सम्बन्धी मुद्दामा अदालतले दाषी ठहर गरे लगत्तै असुन्तुष्ट हसीनालाई पछिल्लो पटक आएको फैसलाले थप समस्यामा पार्ने विश्लेषण गरिएको छ ।
गत हप्ता, हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गरिएपछि हसिना नेतृत्वको अवामी लिगले देशव्यापी प्रदर्शन समेत सुरु गरिसकेको छ । गत वर्ष भएको विद्यार्थी आन्दोलनपछि हसिना अहिले भारतमा निर्वासीत हुनुहुन्छ ।