श्रीलङ्कामा वर्षापछिको बाढीका कारण ५६ जनाको मृत्यु
- काठमाडौंश्रीलङ्कामा भारी वर्षापछिको बाढीका कारण जनजीवन प्रभावित भएको छ ।
वर्षापछिको बाढीका कारण ६ सय बढी घरहरु क्षतिग्रस्त भएका छन् । अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । गत हप्तादेखि नै मौसममा देखिएको परिवर्तनको सामना गरिरहेको श्रीलङ्कामा भारी वर्षाका कारण जननीवन प्रभावित भएको हो । बाढीका कारण घर, खेत र सडक डुबानमा परेका छन् भने विभिन्न क्षेत्रमा पहिरो गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राजधानी कोलम्बोबाट ३ सय किलोमिटर पूर्वमा रहेको पहाडी भेगमा पहिरो जाँदा २५ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । त्यहाँको सरकारी विपद् व्यवस्थापन केन्द्रका अनुसार सो क्षेत्रमा २१ जना बेपत्ता छन् भने १४ जना घाइते भएका छन् । यसैबीच इण्डोनेसियामा पनि बाढी पहिरोमा परेर १ सय ७४ जनाको मृत्यु भएको छ । त्यहाँको प्रकोप न्यूनीकरण निकायले सुमात्रा टापुमा सो संख्यामा मानिसको हताहति भएको जनाएको हो ।