अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री खान नेतृत्वको पीटीआईद्वारा पाकिस्तानमा देशव्यापी प्रदर्शन

- एजेन्सीकाठमाडौं

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तेहेरीक ए इन्साफ (पीटीआई)ले देशव्यापी प्रदर्शन सुरु गरेको छ । उच्च अदालत र अदियाला जेल बाहिर खानसहित नेताहरुलाई भेट्न प्रतिबन्ध लगाएपछि सो पार्टीले प्रदर्शन गर्ने निर्णय गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । 

 सो पार्टीले प्रदर्शन गरेपछि प्रशासनले रावलपिण्डी र राजधानी इस्लामावादमा कर्फुयु लगाएको समाचारमा उल्लेख छ । यस्तै,पाकिस्तानी सुरक्षा बलले आदियाला जेल जाने सबै सडक समेत बन्द गरेको छ । 

पीटीआईले पूर्व पाकिस्तानी प्रधानमन्त्री खानसँग भेट्न पाउनुपर्ने माग राख्दै देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । खानका परिवारका सदस्यहरूलाई समेत धेरै हप्तादेखि भेट्न अनुमति दिइएको छैन।