अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा १९ देशका नागरिकलाई स्थायी बसोबासको अनुमति दिन रोक

- एजेन्सी काठमाडौं

सुरक्षा चुनौतिको कारण देखाउँदै अमेरिकाले विभिन्न १९ देशका नागरिकहरुलाई ग्रिन कार्ड र अमेरिकी नागरिकताका लागि हुने अवेदन लिन अस्विकार गर्ने निर्णय गरेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएका १९ देशका नागरिकहरुलाई लागू हुने गरि सो निर्णय गरेको हो ।

 केहिदिन अघि वाशिंगटन डीसीमा दुई राष्ट्रिय सेनामाथि अफगानी नागरिकले गोली प्रहार गरेको पाइएपछि अमेरिकाले थप कडाइको नीति अपनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गोलीबारीको घटनामा संलग्न भएको आरोपमा चारजनालाई अमेरिकाको सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।

 ट्रम्प प्रशासनले पछिल्लो पटक अफगानीस्तान र सोमालियालाई समावेश गर्दै अप्रवासन नीतिमा पछिल्लो परिवर्तन गरेको हो । यस्तै बर्मा, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सुडान र यमनका नागरिकलाई समेत प्रतिबन्धीत देशको सूचीमा रखिएको छ ।