गाजामा शान्ति योजनाको दोस्रो चरणको राष्ट्रपति ट्रम्पको उद्घोषकाबिच इजरायलद्धारा पुन हमला
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–हमास शान्ति सम्झौतापछि आफ्नो गाजा योजनाको दोस्रो चरण चाँडै नै सुरु हुने बताउनुभएको छ । उहाँले इजरायलले युद्धविरामको सम्झौता उल्लंघन गरे पनि सम्झौतामा प्रगति जारी रहेको दाबी गर्नुभएको हो ।
ह्वाइटहाउसमा पत्रकारहरूले गाजा योजनाको दोस्रो चरण कहिले सुरु हुन्छ भनेर सोध्दा राष्ट्रपति ट्रम्पले मिति स्पष्ट नभनी वर्तमान अवस्था राम्रैसँग चलिरहेको दाबी गर्नुभएको थियो । यसैबीच, इजरायलले युद्धविराम भंग गर्दै गाजामा सैन्य आक्रमण गर्दा ५ जना प्यालेस्टीनीको मृत्यु भएको छ । जसमा २ जना बालबालिकासमेत परेका छन् । सो विषयलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इजरायलले युद्धविराम भंग गर्दै गाजामा बम विस्फोट गरेको र केहीलाई नराम्ररी चोट लागेको र सायद केही मारिएको जिकिर गर्नुभयो । यद्यपि, मध्यपूर्वमा शान्ति कायम रहेको र राम्रैसँग कार्यान्वयन भइरहेको राष्ट्रपति ट्रम्पको दाबी छ ।