अन्तर्राष्ट्रिय

एसियामा बाढी पहिरोका कारण १५ सयको मृत्यु

- एजेन्सी काठमाडौं

एसियाका केही देशमा हालैको बाढी पहिरोका कारण मृत्यु भएकाको संख्या १ हजार ५ सय नाघेको छ । 

बाढी पहिरोका कारण इन्डोनेसियामा ८ सय ३७ जना, श्रीलंकामा ४ सय ७९ र थाइल्याण्डमा १ सय ८५ जनाको मृत्यु भएको हो । विनाशकारी बाढी र पहिरोमा फसेकाहरुको अहिले पनि उद्दारको काम भइरहेको छ भने सयौं नागरिक बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

अनियन्त्रित विकास, खानी उत्खनन् तथा दशकौंदेखि भइरहेको वन फँडानीका कारण ठूलो संख्यामा मानविय र भौतिक क्षति भएको समाचारमा उल्लेख छ । बाढी पहिरो पछि इन्डोनेसिया र श्रीलंकाका थुप्रै गाउँ हिलो र भग्नावशेषमा पुरिएका छन् । दुई देशमा गरी ८ सय ६१ जना अझै बेपत्ता छन् । बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयले खाना र सफा पानीको गम्भीर अभावको सामना गर्नुपरेको समाचारमा उल्लेख छ ।