अस्ट्रेलियामा सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउन शुरु
- काठमाडौंअस्ट्रेलियामा उमेर नपुगेका बालबालिकामाथि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने काम शुरु भएको छ ।
त्यहाँको सरकारले लागू गर्ने तयारी गरेको कानूनी प्रावधानलाई आधार मान्दै समाजिक सञ्जाल कम्पनी मेटाले १६ वर्ष नपुगेका बालबालिकाको खाता बन्द गर्न शुरु गरेको हो । अस्ट्रेलियाले टिकटक युट्युब लगायत १० वटा विभिन्न अनलाइन प्लेटफर्ममा उमेर नपुगेका खाता प्रयोगलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सोहि अनुरुप यही डिसेम्बर १० सम्ममा त्यस्ता खाता निष्क्रिय गर्नका लागि काम शुरु गरिएको मेटाका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तार्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । नयाँ नियमको पालना गर्न नसके सामाजिक सञ्जाल सञ्चालक कम्पनीले अस्ट्रेलिया सरकारलाई ठूलो रकम जरिवाना तिर्नुपर्ने देखिएको समाचारमा जनाइएको छ ।