आगामी वर्ष ४० हजार हतियार भारतमा आपूर्ति गर्ने इजरायलको योजना
- काठमाडौंइजरायलले आगामी वर्षको सुरुवातमा भारतमा ४० हजार हतियार आपूर्ति गर्ने भएको छ । अग्रणी इजरायली हतियार निर्माण गर्ने एक कम्पनीले सो संख्यामा लाइट मेशिन गन्स पहिलो किस्तामा आपूर्ति गर्ने योजना बनाएको भारतीय सञ्चारमाध्यम द हिन्दूले उल्लेख गरेको छ ।
त्यस्तै, १ लाख ७० हजार नयाँ प्रकारका हातहतियार आपूर्तिका लागि गरिने सम्झौता समेत अन्तिम चरणमा पुगेको समाचारमा उल्लेख छ । सो फर्मले भारतको गृह मन्त्रालय अन्तर्गतका विभिन्न एजेन्सीहरुसँग पेस्तोल, राइफल, मेसिनगन लगायत हतियारको बजारीकरण गर्न समन्वय गरिरहेको इजरायल हतियार उद्योगका सीईओ, शुकी श्वाट्र्जलाई उदृत गर्दै प्रेस ट्रष्ट इण्डियाले जनाएको छ ।