थाइल्याण्ड र कम्बोडियाको सीमा क्षेत्रमा झडप, हजारौं नागरिक विस्थापित
- काठमाडौंथाईल्याण्ड र कम्बोडियाको सीमामा विवाद हुँदा पुनः झडप भएपछि हजारौं नागरिक विस्थापित भएका छन् ।
सो क्षेत्रका बासिन्दा आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ गइरहेको कम्बोडियाको सूचना मन्त्रालयलाइ उदृत गर्दै अन्तार्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सो झडप दुई देशबीच गत जुलाईमा भएको युद्धविरामपछिकै ठूलो भएको समाचारमा उल्लेख छ । थाइल्याण्डका एक सेना मारिएपछि जवाफी हवाई आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।
दुई देशले युद्ध विराम गर्ने सम्झौता गरेपनि पुनः आक्रमण सुरु गरेका हुन् यसैबीच,थाईल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आफ्नो देशले कहिल्यै हिंसा नचाहेकाले सार्वभौमसत्ता रक्षाका लागि आवश्यक कदम उठाउने बताउनुभयो ।
यता, कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनले उक्साहटका कारण सो आक्रम भएको प्रतिक्रिया दिनुभएको समाचारमा जनाइएको छ ।