अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोली चल्दा २ जनाको मृत्यु, ८ गम्भीर घाइते
काठमाडौँ ।अमेरिकाको रोड टापुस्थित ब्राउन विश्वविद्यालयमा गोली चल्दा २ जनाको मृत्यु भएको छ । ८ जना गम्भीर घाइते भएका छन् । घाइतेको स्वास्थ्य अवस्था स्थिर रहेपनि घाइतको संख्या थप बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । गोली चलाउने संदिग्ध व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले आक्रमणकारी कालो पोशाक लगाएको पुरुष भएको र घटनापछि पैदलै भागेको बताएको छ । घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले गोली प्रकरणबारे संक्षिप्तमा जानकारी प्राप्त भएको बीबीसीले उल्लेख गरेको छ ।
यसअघि, प्रहरीले एक जनालाई गिरफ्तार गरेपनि संलग्नताको प्रमाण नभेटेपछि छोडिदिएको थियो । ब्राउन विश्वविद्यालयको आवासीय क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।