थाइल्याण्डमा आगामी फेब्रुअरी ८ मा निर्वाचन हुने
- काठमाडौंथाइल्याण्डमा आगामी फेब्रुअरी ८ मा चुनाव हुने भएको छ । त्यहाँको निर्वाचन आयोगले आज विज्ञप्ति मार्फत निर्वाचनका लागि मिति तोकिएको जानाएको हो ।
प्रधानमन्त्री अनुतिन चार्नविराकुलले गत साता संसद विघटन गरेसँगै अपेक्षा गरिएभन्दा अघि नै निर्वाचनको मिति घोषणा गरिएको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै रोर्यटर्सले जनाएको छ । ५ सय सदस्यीय संसदमा निर्वाचन क्षेत्रबाट ४ सय र दलगत सूचिबाट एक सय जना भने निर्वाचित हुने अन्तार्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
थाइल्याण्डमा प्रत्येक पार्टीबाट तीन जनासम्म प्रधानमन्त्री लागि उम्मेदवार छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।