अन्तर्राष्ट्रिय

कर्मचारीलाई विदेश यात्रा नगर्न गुगलकोे निर्देशन

- एजेन्सीकाठमाडौं

अमेरिकी प्रविधि कम्पनी गुगलले आफ्ना केहि कर्मचारीलाई विदेश यात्रा नगर्न चेतावनी दिएको दिएको छ । विभिन्न देशमा रहेका अमेरिकी दूतावासहरुमा पुन भिसा प्राप्तिमा धेरै समय लाग्ने गरेको जनाउँदै यात्रा नगर्न भनेको हो ।

 भिसा स्ट्याम्पिङ अपोइन्टमेन्ट ढिलाइका कारण आफ्ना कर्मचारी अलपत्र पर्न सक्ने जोखिम बढेपछि सो कदम चालिएको सो कम्पनीका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

 अमेरिकी विदेश मन्त्रालयले समेत भिसा वितरणका लागि आफ्ना दुतावासहरुमा प्राविधिक समस्या देखिएको जनाउँदै अत्यावश्यक परेको खण्डमा मात्र भिसाका लागि अनुरोध गर्न आग्रह गरेको समाचारमा जनाएको छ । भिसा सम्बन्धी कानुनको दुरुपयोग रोक्न भन्दै अमेरिकाले गत नोभेम्बरमा भिसा आवेदन शुल्क बढाएको थियो । खास गरि भारतीय दक्ष कामदारलाई समस्या हुन सक्ने देखिएको समाचारमा उल्लेख छ ।