इङलिस प्रियिमर लिगः म्यानचेस्टर पराजित
- एजेन्सीइङलिस प्रिमियर लिगको पछिल्लो खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । एस्टन भिल्लाले आफ्नो घरेलु मैदान भिल्ला पार्कमा मोरगान रोजर्सको दुई गोलको मद्धतमा युनाइटेडलाई २–१ ले हराएको हो । मोरगानले ४५ औं मिनेटमा टोलीलाई अग्रता दिलाएकोमा युनाइटेडले पहिलोको अतिरिक्त समयमा गोल फर्काउँदै बराबरी गरेको थियो । तर मोरगानले ५७ मिनेटमा गरेको दोस्रो गोल नै एस्टन भिल्लाको जितका लागि पर्याप्त भयो ।
जितपछि भिल्ला समग्रमा ३६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । युनाइटेड भने २६ अंकसहित सातौ स्थानमा रोकिएको छ । प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनल र दोस्रो स्थानमा म्यानचेस्टर सिटी छन् ।