रुसद्धारा युक्रेनी क्षेत्र ओडेसामा आक्रमण तीव्र
- काठमाडौंसले युक्रेनी क्षेत्र ओडेसामा आक्रमण तीव्र बनाएको छ ।
जसले गर्दा सो क्षेत्रमा व्यापक विद्युत कटौती र समुद्री पूर्वाधारलाई समेत नराम्ररी क्षति पु¥याएको बीबीसीले जनाएको छ ।
रुसको यो पछिल्लो हमला रुस–युक्रेन वार्ता अन्यौलमा परेको छ ।
युक्रेनी उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले मस्कोले सो क्षेत्रमा व्यवस्थित आक्रमण गरेको आरोप लगाउनुभएको छ ।
उहाँले गत हप्ता, रुसको युद्धको केन्द्रबिन्दु ओडेसातर्फ सर्न सक्ने चेतावनी समेत दिनुभएको थियो ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले बारम्बार गरिरहेको आक्रमणले युक्रेनको समुद्री पूर्वाधारको पहुँच रोक्ने प्रयास भएको बताउनुभएको छ ।
यसअघि, डिसेम्बरको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्ल्याक सीमा युक्रेनले रुसको ट्यांकरमा ड्रोन आक्रमणको बदला लिँदै युक्रेनको समुद्रमा पहुँच रोक्ने धम्की दिनुभएको थियो ।