अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा भेनेजुयलाका राष्ट्रपतिलाई पद त्याग्न चेतावनी

काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई पद छोड्न चेतावनी दिनुभएको छ । मदुरोले पद छोड्नु नै उपयुक्त हुने ट्रम्पले बताउनुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनएका छन् ।

 पछिल्लो समय भेनेजुयला र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बन्दै आएको छ । अमेरिकाले केही साताभित्र भेनेजुयलाबाट आउने तेल बोकेका दुईवटा जहाजलाइ नियन्त्रणमा लएको बताइएको छ । हालसम्म भेनेजुयलाबाट आएको ४० लाख ब्यारेल तेल नियन्त्रणमा लिइसकेको समाचारमा उल्लेख छ ।

 ट्रम्पका अनुसार ती जहाज र तेल आवश्यक परेमा बिक्री गर्ने र भण्डारणमा प्रयोग गरिने छ । यता, भेनेजुयलाका राष्ट्रपति मडुुरोले अन्यत्र हस्तक्षेप गर्नुभन्दा आफ्नै देशका समस्याहरुमा केन्द्रीत हुन राष्ट्रपति ट्रम्पलाई सुझाव दिनुभएको बताइएको छ ।