बंगलादेशमा विपक्षी दलका नेता रहमान १७ वर्षपछि स्वदेश फिर्ता
- काठमाडौंबंगलादेशका प्रमुख विपक्षी दल बंगलादेश नेसनालिस्ट पार्टीका प्रमुख नेता १७ वर्षपछि स्वदेश फिर्ता भएका छन् । सन् २००८ मा सैनिक समर्थित सरकार गठन भएका बेला उपचारका लागि भन्दै बेलायत गएका तारिक रहमान स्वेश फिर्ता हुनुभएको हो ।
स्वेच्छिक निर्वासन रोज्नुभएका रहमानलाई आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने प्रमुख दावेदारका रुपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा समेत रहेका ६० वर्षीय रहमान आफ्नो परिवार सहित कडा सुरक्षा व्यवस्थाकाबीच राजधानी ढाकामा अवतराण गरेको समाचारमा जनाइएको छ ।
रहमान स्वदेश फिर्ता भएसँगै आयोजित स्वागत समारोहमा ठूलो संख्यामा समर्थक सहभागी भएका थिए । १७ करोडभन्दा बढी जनसंख्या रहेको बंगलादेशमा आगामी फेब्रुअरी १२ मा निर्वाचन गर्ने तयारी भएको छ । सोहि निर्वाचनको तयारीका लागि रहमान स्वदेश फिर्ता भएको समाचारमा उल्लेख छ ।
रहमान नतृत्वको बंगलादेश नेसनालिस्ट पार्टी प्रमुख दुई राजनीतिक दलमध्ये एक मानिएको छ । यसैबीच आफ्ना समर्थकलाई सम्बोधन गर्दै रहमानलेसबै नागरिकका लागि सुरक्षित बंगलादेश निर्माण गर्ने र धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाउनुभएको छ । रहमानकी आमा खालिदा जियाले सन् २००१ देखि २००६ सम्म बंगलादेशमा सरकारको नेतृत्व सम्हाल्नुभएको थियो ।