अन्तर्राष्ट्रिय

थाइल्याण्ड र कम्बोडियाबीच युद्ध अन्त्य गर्न युद्धविराम सम्झौता

- एजेन्सीकाठमाडौं

थाइल्याण्ड र कम्बोडियाबीच युद्ध अन्त्य गर्न युद्धविराम सम्झौता भएको छ । कम्बोडियाका रक्षामन्त्री टी सेइहा र थाइल्याण्डका रक्षामन्त्री नट्टाफोन नार्कफानिटले युद्धविराम सम्झौतामा हस्ताक्षर गर्नुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। समस्याहरुलाई संवादमार्फत समाधान गर्दै जाने दुई पक्षबीच सहमति भएको समाचारमा जनाइएको छ।

 युद्धविराम पालना भएको ७२ घण्टाभित्र थाइल्यान्ड कम्बोडियाका १८ जना सैनिक फिर्ता गर्ने सहमति समेत बनेको बताइएको छ। पछिल्ला दिन दुबै देशबीच युद्ध चलेको थियो । सो क्रममा एक सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने दुबै देशका पाँच लाखभन्दा बढी नागरिक विस्थापित भएको समाचारमा उल्लेख छ ।

 यस वर्ष थाइल्यान्ड र कम्बोडियाबीच यो दोस्रो लडाइँ हो । यसअघि गत जुलाईमा ५ दिनसम्म लडाईं चलेको थियो । अमेरिका, चीन र मलेसियाको मध्यस्थतामा दुई देशबीच युद्धविराम भएपनि पुनः लडाईं चलेको थियो ।