अन्तर्राष्ट्रिय

अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा

- एजेन्सीकाठमाडौं

अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा भारतको राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ। नयाँ वर्षको उत्सवलाई शान्त र सुरक्षित बनाउन भन्दै प्रहरी प्रशासनले कडा सुरक्षा नीति अपनाएको हो । दिल्लीका विभिन्न क्षेत्रमा पछिल्लो पटक गरिएको विशेष अपरेशनका क्रममा ६ सय ६० जना बढीलाई पक्राउ गरिएको छ।

 ‘अपरेशन आघात ३.०’ नाम दिइएको सुरक्षा अपरेसका क्रममा दर्जनौँ हतियार, लाखौँ रुपैयाँ नगद, अवैध मदिरा, लागुऔषध तथा चोरीका सामग्री बरामद गरिएको अन्तार्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । प्रहरी प्रशासनले उत्सवको समयमा हुन सक्ने आपराधिक गतिविधि रोक्ने उद्देश्यले संवेदनशील क्षेत्रहरुमा सुरक्षा गस्ति समेत चुस्त पारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

सुरक्षा अपरेसका क्रममा २ हजार ८ सय बढी व्यक्तिलाई सोधपुछ गरिएको छ । नयाँ वर्षको उत्सव अपराधमुक्त बनाउन प्रहरीले गरेको सुरक्षा अपरेसका क्रममा ८ सय ५० जना पक्राउ परेका छन् ।