अन्तर्राष्ट्रिय

ट्रम्प र जेलेन्स्की भेट्दै

काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता हुने भएको छ । रुससँगको जारी युद्ध अन्त्य गर्ने प्रयास स्वरुप ट्रम्प जेलेन्स्कीबीच भेटवार्ता हुन लागेको हो । दुई देशका प्रमुखबीच फ्लोरिडामा भेट गर्ने तय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 युक्रेनको राष्ट्रपति जेलेन्स्कीले समाजिक सञ्जाल मार्फत नयाँ वर्षको पूर्वसन्ध्यामा भेटका क्रममा धेरै निर्णय हुन सक्ने बताएको समाचारमा उल्लेख छ । ह्वाइट हाउसका अनुसार फ्लोरिडाको पाम बीचमा स्थानीय समय अनुसार अपरान्ह ३ बजे भेट हुन लागेको हो । 

रुसले युक्रेनको राजधानी कीभमा ठूलो क्षेप्यास्त्र आक्रमण गरेको एक दिनपछि हुन लागेको सो वार्तालाई महत्वका साथ हेरिएको छ । रुसले पछिल्लो पटक ५ सय ड्रोन र ४० वटा क्षेप्यास्त्रको सहयोगमा आक्रमण गरेको युक्रेनको आरोप छ ।