चीनद्वारा ताइवानका विभिन्न टापुमा सैन्य अभ्यास
काठमाडौंचीनले ताइवानका समुद्र टापुमा पृथकतावादी समूह विरुद्ध भन्दै सैन्य अभ्यास सुरु गरेको छ । आक्रमण हुने सम्भावना भएपछि चीनले ताइवानका टापु क्षेत्रमा सैन्य अभ्यास गरेको बीबीसीले जनाएको छ। चीनियाँ सेनाले नौसेना, वायु सेना लगायतको अभ्यास गरेको समाचारमा उल्लेख छ। अमेरिकाले ताइवानलाई ११ अर्ब डलर बराबरको ठूला हतियार बिक्रि गर्ने घोषणा गरेपश्चात चीनसले सो अभ्यास गरेको विश्लेषण भएको छ।
सो कदमको चीनले आलोचना गर्दै अमेरिकाका रक्षा सम्बन्धी केही केन्द्रलाई प्रतिबन्ध समेत लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । ताइवानले आफ्नो रक्षा क्षमता बढाउने भएपछि पनि बेइजिङ रुष्ट बनेको बताइएको छ । यस्तै, बेइजिङस्थित विदेश मन्त्रालयले चीनलाई नियन्त्रण गर्न ताइवानलाई प्रयोग गर्ने विरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिएको छ । यता, ताइवानको राष्ट्रपति कार्यालयले भने चीनको सो अभ्यासको आलोचना गर्दै अन्तर्राष्ट्रिय मूल्यमान्यताविरुद्ध भएको टिप्पणी गरेको छ ।