अमेरिकाद्वारा रुस–युक्रेनबीचको युद्ध रोक्न पुनः पहल सुरु
- काठमाडौंरुस–युक्रेन बीचको जारी युद्ध रोक्न भन्दै अमेरिकाले पुनः पहल सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा भएको भेटका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो योजना स्वीकार गरे १५ वर्षको सुरक्षा दिने बताउनुभएको हो ।
यद्यपि रुसले आगामी दिनहरुमा आफ्नो देशको भू–भाग कब्जा नगर्ने प्रतिबद्धता जनाउनुपर्ने तथा कम्तिमा अमेरिकाबाट ५० वर्षको सुरक्षा हुनुपर्ने युक्रेनले माग गरेको छ । दुई देशबीच शान्ति सम्झौताका लागि नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबीकाबीच युक्रेनले आफ्ना सार्वजनिक गरेको हो ।
ट्रम्पसँगको भेटपछि पत्रकारहरुसँग संवाद गर्दै जेलेन्स्कीले आफ्ना मागबारे जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि दुई देशका अधिकारीहरुबीच सहमतिका लागि छलफल भने निरन्तर रुपमा हुँदै आएको छ।
सेना फिर्ता गर्ने तथा कब्जा गरिएका कतिपय भू–भाग फिर्ता गर्ने सन्दर्भमा भने सहमति जुट्न नसकेको एपीको समाचारमा जनाइएको छ । रुसको नियन्त्रणमा रहेको जापोरिझिया आणविक ऊर्जा केन्द्रको भविष्यलाई लिएर समेत सहमति हुन सकेको छैन । सो आणविक केन्द्रलाई विश्वका १० ठूला आणविक ऊर्जा केन्द्रमध्येको एक मानिन्छ ।