युएईका सुरक्षा फौजलाई यमन छोड्न साउदी अरबको आग्रह
- काठमाडौंसाउदी अरेबियाले युएईका सेनालाई यमन छोड्न भन्दै राष्ट्रिय सुरक्षामा चुनौती रहेको जनाएको छ । साउदी नेतृत्वको गठबन्धनले यमनको दक्षिणी बन्दरगाह मुकल्लामा हवाई आक्रमण गरेपछि युएई सेनालाई यमन छोड्न आह्वान गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
साउदी अरेबियाले सेनालाई २४ घण्टा भित्र छोड्न चेतावनी जारी गरेको हो । यमनका राष्ट्रपति परिषद् प्रमुख रशाद अल–अलिमीले युएईले दक्षिणी पृथकतावादी समूहलाई समर्थन गरेर आन्तरिक द्वन्द्व बढाएको आरोप लगाउँदै रक्षा सम्झौता पनि रद्द गरेको बताइएको छ । सो घटनाले क्षेत्रीय राजनीति र तेल उत्पादक राष्ट्रहरूबीचको सम्बन्धमा असर पार्ने टिप्पणी भएको छ।