युक्रेनले पुटिन निवासमा आक्रमण गरेको रुसी आरोप किभद्वारा खण्डन
- काठमाडौंयुक्रेनले रुसको पश्चिमी क्षेत्र र क्रिमियालाई लक्षित गरी ड्रोन आक्रमण गरेको रुसी अधिकारीले बताएका छन्। रुसको हवाई रक्षा इकाइले तीन घण्टाको अवधिमा २७ वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ।
सो क्षेत्रमा दिनभर दजनौँ युक्रेनी ड्रोन खसालिएको मस्को क्षेत्रका गभर्नरलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा युक्रेनले आक्रमण गर्ने प्रयास गरेको मस्कोको आरोप पछि पछिल्लो घटना भएको समाचारमा उल्लेख छ।
रुसले युक्रेनी आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण भने खुलासा गरेको छैन । यता किभले भने रुसमाथि गरेको ड्रोन हमलासम्बन्धी आरोपलाई खण्डन गर्दै आधारहीन भएको र रुसले शान्ति वार्ता बिथोल्न खोजेको आरोप लगाएको छ ।