अन्तर्राष्ट्रिय

चिनियाँ सैन्य अभ्यासले तनाव बढायो : अमेरिकी विदेश मन्त्रालय

- केएफएम डेस्ककाठमाडौं

ताइवान वरिपरि चिनियाँ सैन्य अभ्यासले सो क्षेत्रमा अनावश्यक रूपमा तनाव बढाएको अमेरिकी विदेश मन्त्रालयले टिप्पणी गरेको छ ।

बेइजिङलाई निरन्तर सैन्य दबाब रोक्न र सम्वादमा फर्किन विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै आग्रह गरेको हो ।

राष्ट्रपति सी चिनपिङले नयाँ वर्षको पूर्व सन्ध्यामा सम्बोधन गर्दै ताइवानसँग चिनियाँहरू रगत र नाताको बन्धनमा बाँधिएको र मातृभूमिको पुनर्मिलनमा कसैले अवरोध गर्न नसक्ने बताउनुभएको छ ।

चीनले यस साताको सुरुमा ताइवान नजिकै दुई ठूला सैन्य अभ्यास गरेको थियो । जसलाई ताइपेइले सैन्य शक्ति प्रदर्शनको रूपमा निन्दा गरेको छ ।

चिनियाँ अधिकारीका अनुसार अभ्यासमा मिसाइल प्रक्षेपण र दर्जनौं लडाकु विमान, नौसेना जहाज र तट रक्षक जहाजको परिचालन समावेश थियो ।