ब्राजीलमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
- काठमाडौंदक्षिण ब्राजीलको रियो ग्रान्डे दो सुल राज्यमा एक बस र ट्रक आपसमा ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् ।
स्थानीय प्रहरीका अनुसार काराजिन्हो क्षेत्रमा सो दुर्घटना भएको हो । बस स्थानीय स्वास्थ्य विभागको रहेको बताइएको छ ।
बिरामीलाई उपचारका लागि लैजाँदै गर्दा ट्रकसँग ठोक्किएको थियो । गम्भीर रहेका घाइतेहरुलाई नजिकका स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।
दुर्घटनाबारे प्रहरीले छानबिन गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।