फिलिपिन्सको फोहोर संकलन केन्द्रमा पहिरो जाँदा १ जनाको मृत्यु,३८ जना वेपत्ता
- काठमाडौंफिलिपिन्सको सेबु सहरस्थित एक ल्यान्डफिलमा फोहोर, माटोसहितको भग्नावशेषको पहिरो जाँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
घटनामा ३८ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सेबु सहरको बिनालिव गाउँमा फोहोरको विशाल थुप्रो अचानक भत्किँदा त्यहाँ काम गरिरहेका कामदारहरु कम उचाइका भवनहरुमा फसेका थिए ।
प्रहरी र स्थानीय अधिकारीका अनुसार रातभर भएको उद्धारको क्रममा १३ जनालाई जीवितै निकालिएको समाचारमा उल्लेख छ । प्रभावितमध्ये अधिकांश ल्यान्डफिलमा काम गर्ने मजदुरहरु रहेको बताइएको छ ।
सेबु सहरका स्थानीय अधिकारीहरुले सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा सबै उद्धार टोलीहरु अझै पनि बेपत्ता व्यक्तिको खोजी र उद्धारमा सक्रिय रहेको बताएका छन् । पूर्ण रूपमा सक्रिय रहेको र सुरक्षा मापदण्ड कडाइका साथ पालना भइरहेको बताएका छन् ।